Ad Image

ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739888604.jpg

काठमाडौं । सरकारले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थामा विद्यार्थीलाई अध्ययनका लागि पठाउन रोक्ने चेतावनी दिएको हो ।

 

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै  केआईआईटी विश्वविद्यालय अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण पछि मन्त्रालयले भविष्यमा भारतका लागि एनओसी दिन रोक्ने बताएको छ । ‘उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रुपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण संस्थामा अध्ययनका लागि प्रदान गर्दै आएको एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयले चेतावनीका साथ भनेको छ ।