मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

लिम्चुङबुङ गाउँपालिका

अन्नपूर्ण गाउँपालिका

पठनपाठन

छात्रावृत्ति

झापा गाउँपालिका

कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने

Mayorsap

मंगल, फागुन ६, २०८१ | २२:२१ बजे

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आमजनमानसमा पार्टीले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनबारे ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सुरु गर्ने भएको छ । 

 

आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विभागले पत्रकार सम्मेलन गरी ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सञ्चालन गर्ने तयारी रहेको बताएको हो । विभागले देशका सातवटै प्रदेशमा कार्यक्रम हुनेगरी फागुन ९ देखि २१ गतेसम्म अभियान सञ्चालन हुने जानकारी दिएको छ ।

 

जसमा पहिलो दिन ९ गते कोशीको विराटनगर, १० गते मधेसको जनकपुरधाम, १७ गते गण्डकीको पोखरा, १८ गते लुम्बिनीको बुटवल, २० गते कर्णालीको सुर्खेत र २१ गते सुदूरपश्चिमको धनगढीमा कार्यक्रम हुने त्यस अवसरमा जानकारी दिइयो ।  

 

कार्यक्रममा सम्बन्धित प्रदेशका कांग्रेसका केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशसभाका माननीय सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी तथा प्रचार विभाग प्रमुखको सहभागिता रहनेछ ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology