मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

पहिरो

सखुवा प्रसौनी गाउँपालिका

‘एक घर, एक धारा’

श्रम बैंक

स्काइ–वाक टावर

अमेरिकी डलरकाे भाउ स्थिर, युराे घट्याे

Mayorsap

बिही, फागुन ८, २०८१ | ०८:३६ बजे

८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ४३ पैसा कायम गरिएको छ । यसअघि बुधबार डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो  । 

 

बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ७५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ३८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५२ पैसाले घटेको हो । बुधबार युरोको खरिदमूल्य १४५ रूपैयाँ २७ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ९०   पैसामा खरिदबिक्री भएको थियो । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७४ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७५ रूपैयाँ ४९ पैसा कायम गरिएको छ । 

 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १२ र बिक्रीदर ८८ रूपैयाँ ५० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रूपैयाँ १५ पैसा कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०५ पैसा तथा बिक्री दर १९ रूपैयाँ १४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरेको जनाइएको छ । 

 

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ०९ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७ रूपैयाँ ९६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ २६ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३९ पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ५१ पैसा र बिक्रीदर ४५१ रूपैयाँ ४५ पैसा र बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ९६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology