चेपाङ सङ्घ चितवनको अध्यक्षमा भीमबहादुर चयन
Mayorsap
बिही, फागुन ८, २०८१ | १३:५७ बजे

चितवन । नेपाल चेपाङ सङ्घ चितवनको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः भीमबहादुर चेपाङ चयन भएका छन् । बुधबार रत्ननगरस्थित नेपाल चेपाङ सङ्घको केन्द्रीय कार्यालयमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट भीमबहादुर चेपाङको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार १७ सदस्यीय कार्यसमिति हुनुपर्नेमा हाललाई १४ सदस्य चयन गरिएको छ । बाँकी तीन सदस्यपछि मनोनीत गर्ने जनाइएको छ। समितिको उपाध्यक्षमा इन्द्रजीत चेपाङ, सचिवमा सौरभ चेपाङ, सहसचिवमा सुजेन्द्र चेपाङ र कोषाध्यक्षमा सूर्यबहादुर चेपाङ चयन भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यहरुमा विकास चेपाङ, राजबहादुर चेपाङ, कृष्णबहादुर चेपाङ, गयासिंह चेपाङ, सफल चेपाङ, सारा चेपाङ, हिक्मत चेपाङ, गोपाल चेपाङ र जगतबहादुर चेपाङ चयन भएका छन् । सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए ।
सीमान्तकृत आदिवासी जनजाति समुदायभित्र पर्ने चेपाङ जाति चितवनसहित २६ जिल्लामा फैलिएका छन् । विशेषगरी चितवन, मकवानपुर, धादिङ र गोरखा चेपाङ जातिको मुख्य बसोबास रहेको जिल्ला हुन् ।