पोखरा महानगरका मेयर धनराज आचार्य डिस्चार्ज


काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आज अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचाररत रहेका आचार्यलाई उनको स्वास्थ्यमा सुधार देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीले जानकारी दिए । “प्रमुख आचार्यको स्वास्थ्य अवस्थामा सुधार भएपछि डिस्चार्ज गरिएको हो”, उनले भने, “फलोअपका लागि उहाँलाई पुनः बोलाएका छौँ ।”
यही फागुन ३ गते पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष–२०२५’ को औपचारिक घोषणा कार्यक्रममा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र प्रमुख आचार्य घाइते भएका थिए । मन्त्री पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन् ।