अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश


इस्लामबाद । पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध विगत केही वर्षदेखि निकै तनावपूर्ण रहेको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ सरकारले देशमा रहेका सबै अफगान शरणार्थीहरूलाई देश निकाला गर्न आदेश दिएका छन ।
इस्लामावादस्थित अफगान दूतावासले पनि यस सम्बन्धमा विज्ञप्ति जारी गरेको छ । त्यसमा उसले इस्लामावाद र रावलपिण्डीमा अफगान नागरिकलाई पक्राउ गरिएको, घरघरमा खोजी भइरहेको र प्रहरीले उनीहरूलाई सहर छाडेर अन्य क्षेत्रमा जान निर्देशन दिएको बताएको छ ।
‘यो निर्णय अन्तिम हो र एसीसी (अफगान नागरिक कार्ड) र पिओआर (शरणार्थी दर्ताको प्रमाण) कार्ड भएका सबै अफगान शरणार्थीहरूलाई निष्कासन गर्ने कुरा पनि समावेश छ,’ इस्लामाबादमा इस्लामिक इमिरेट्सको दूतावासको विज्ञप्तिमा भनिएको छ। तर, पाकिस्तान सरकारको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
यसअघि पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले गैरकानुनी रूपमा बसेका अफगानहरूलाई तेस्रो मुलुकमा पुनर्स्थापनाको प्रक्रिया पूरा नभएसम्म मार्च ३१ सम्ममा देश छोड्न आदेश दिएका थिए। पाकिस्तानका अनुसार १.४५ लाख दर्ता शरणार्थीलाई जुन २०२५ सम्म बस्न अनुमति दिइएको छ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता शफकत अली खानले भने, ‘पुनर्वास समस्या अनिश्चित कालसम्म जारी रहन सक्दैन। हामी पश्चिमी देशहरूसँगको सहकार्यमा यो प्रक्रियालाई गति दिइरहेका छौं।’ अमेरिकी पुनर्वास कार्यक्रम अलपत्र परेपछि विगत ३ वर्षमा पाकिस्तान पुगेका हजारौं अफगानीहरु अनिश्चिततामा फसिरहेका छन् ।
अक्टोबर २०२३ देखि पाकिस्तानले यी गैरकानूनी विदेशीहरू विरुद्ध कारबाही थाल्यो, जसमध्ये अधिकांश अफगानहरू छन्। इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) का अनुसार जनवरीमा अफगानीहरूको निष्कासन १३ प्रतिशतले बढेको छ। जनवरी १६ देखि ३१ सम्म ८ लाख २४ हजार ५६८ अफगानीहरु आफ्नो देश फर्किएका छन् ।
यसैबिच, एक अफगान अधिकार समूहका सदस्य अहमद शाहले पाकिस्तानसँग अपील गर्दै भनेका छन, ‘जसको पुनर्स्थापना विचाराधीन छ, उनीहरूलाई इस्लामाबादमा बस्न अनुमति दिइयोस् ताकि तिनीहरू पश्चिमी देशका दूतावासहरूमा पुग्न सकून्।’ उनले राजधानीबाट अफगानी शरणार्थीलाइ बाहिर पठाए प्रक्रिया झनै कठिन हुने चेतावनीसमेत दिएका छन् ।