मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

भजनी नगरपालिका

दङ्गीशरण गाउँपालिका

छत्रकोट गाउँपालिका

आठबिसकोट नगरपालिका

कमलबजार नगरपालिका

हत्या अभियोगमा फरार व्यक्ति १५ वर्षपछि पक्राउ

Mayorsap

शुक्र, फागुन ९, २०८१ | १३:५२ बजे

काठमाडौं । भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा वीरमान लामा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।


उनीसहितको चार जनाको समूहले ट्याक्सी चालक मेघबहादुर तामाङको हत्या गरेका थिए । घटना २०६६ मंसिर २४ गतेको हो । राति सवा १२ बजेतिर ठमेलबाट ट्याक्सी बुक गरेर चार जनाको समूह भक्तपुर पुगेको थियो ।


भक्तपुर र काठमाडौंको सीमा क्षेत्र नरेफाँट पुगेपछि ट्याक्सीमा सवार चार युवाहरूले गलबन्धीले घाँटी कसेर ट्याक्सी चालकको हत्या गरेका थिए । बाँकी दुई जना भने फरार थिए । हत्यापछि उनीसँग भएको मोबाइल र नगद उक्त समूहले लुटेर लगेको थियो ।


उनको हत्या भएपछि त्यतिबेला प्रहरीले विनोद लामा र श्याम तामाङलाई पक्राउ गरेको थियो ।


पक्राउ परेका दुई र फरार दुई गरी चार जनालाई प्रतिवादी बनाउँदै भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । भक्तपुर अदालतले चारै जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । यता दुई जना भने फरार नै थिए । फरार मध्ये वीरमानलाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ परेका उनलाई फैसला कार्यान्वयका लागि अदालतमा उपस्थित गराएर कारागार पठाउन लगिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।


पक्राउ परेका व्यक्तिबारे आवश्यक कानुनी प्रक्रिया अधि बढाइएको पनि प्रहरीले जनाएको छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology