मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

शुक्लागण्डकी नगरपालिका

श्रमदान

पिपरा गाउँपालिका

पर्यटक शुल्क

बालेन शाह

भद्रपुर झापा गोल्डकपः आयोजक ब्लेजर्स सेमिफाइनलमा

Mayorsap

शुक्र, फागुन ९, २०८१ | १९:०८ बजे

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको हो । 

 

ब्लेजर्सका लागि मिलन राईले खेलको ७२ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १–० को स्थितिमा पु¥याए । पहिलो गोल भएको दुई मिनेटमा ब्लेजर्सका राईले पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल गरे । पुलिसका लागि दोस्रो हाफको अतिरिक्त समयमा प्रशान्त कुँवरले एक गोल फर्काए । ब्लेजर्सका लागि दुई गोल गरेका राई प्लेयर अफ द म्याच भएका छन् । भोलि हुने दोस्रो क्वाटरफाइनलमा झापा–११ र चर्च बोइज युनाइटेडबीच खेल हुनेछ । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology