मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

कर

कोहलपुर नगरपालिका

श्रम बैंक

घरपझोङ गाउँपालिका

चौरजहारी नगरपालिका

बागमती गोल्ड कपः एपिएफलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

Mayorsap

शुक्र, फागुन ९, २०८१ | २०:५३ बजे

मनहरी । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा चर्च ब्वाइज युनाइटेड प्रवेश गरेको छ । आज झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) लाई दुईका विरुद्ध तीन गोल अन्तरले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

 

चर्च ब्वाइजको जितमा विदेशी खेलाडी आर्मण्डले खेलको दोस्रो हाफको २८औँ र ३२औँ मिनेटमा दुई गोल गरेका छन् भने सुमित श्रेष्ठले खेलको ८५औँ मिनेट एक गोल थप्दै समूहलाई अग्रता दिएका हुन् । एपिएफका लागि बुद्धिमान राईले खेलको पहिलो हाफको ३६ औँ मिनेटमा र हरि कार्कीले दोस्रो हाफको ४३ औँ मिनेटमा गोल गरेका थिए । आजको खेलमा ‘म्यान अफ द म्याच’ विदेशी खेलाडी आर्मण्ड घोषित हुँदै नगद रु १० हजार प्राप्त गरेका छन् ।

 

यो जितसँगै चर्च ब्वाइज गोल्ड कपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । प्रतियोगितामा एपिएफले सङ्कटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । एपिएफ गत संस्करणको उपविजेता टोली हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो । गत संस्करणमा एपिएफ मच्छिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो । प्रतियोगिताको दोस्रो सेमिफाइनल भोलि मच्छिन्द्र फुटबल क्लब र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल यही फागुन १२ गते हुनेछ ।

 

प्रतियोगिताको उपाधि विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । साथै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology