Ad Image

हमासले रिहा गर्‍यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1740239205.jpg

१० फागुन, काठमाडौं । युद्धविराम सम्झौता अनुसार हमासले आज ६ जना इजरायली नागरिकको रिहाइ गरेको छ । अक्टोबर ७ मा भएको आक्रमणको क्रममा सबैलाई बन्धक बनाएर लागिएको थियो । रिहा हुनेमा २७ वर्षीया एलिया कोहेन, २२ वर्षीया ओमर शेम टोभ, २३ वर्षीय ओमर वेन्कर्ट, ४० वर्षीय ताल शोहम, ३९ वर्षीय अवेरी मेंगिस्टु र ३६ वर्षीय हिशाम अल–सयद रहेका छन् ।  

हमासले आज तीन चरणमा गरेर ६ जनालाई रेडक्रसको जिम्मा लगाएको थियो भने रेडक्रसले इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । बदलामा, इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताइएको छ । यी मध्ये ५० जना आजीवन कारावास भोगिरहेका छन् भने ६० जना लामो समयदेखि जेल सजाय भोगिरहेका छन् । साथै ४४५ जना गाजाका बासिन्दा हुन् । उनीहरुलाई युद्धको समयमा पक्राउ गरिएको थियो ।

गत जनवरी १९ मा युद्धविराम भएदेखि हमासले लगातार बन्धक रिहा गरिरहेको छ । अहिलेसम्म हमासले यो सहित ३० बन्धक रिहा गरेको छ भने ४ जनाको शव पनि फिर्ता गरेको छ । हमासकै नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी भने अहिलेसम्म रिहा हुन सकेका छैनन् ।