मेयरसाप

लमही नगरपालिका

क्व्होलासोथार गाउँपालिका

राजविराज नगरपालिका

बाढी

उपनिर्वाचन

साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ

Mayorsap

आइत, फागुन ११, २०८१ | २२:०१ बजे

काठमाडौं । वन्यजन्तु सालकको खपटा (आखेटोपहार)को ओसारपसार तथा बेचबिखनमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका–९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेरबहादुर स्याङतान, नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने ४० वर्षीय सन्तबहादुर गुरुङ रहेका छन्।

 

यस्तै, ओखलढुंगा मोलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने २८ वर्षीय राजु विश्वकर्मा र सुनसरी धरान उपमहनगरपालिका–१५ घर भई हाल काठमाडौं–२६ नयाँ बसपार्क बस्ने ४२ वर्षीय मदन राई रहेका छन् । उनीहरूलाई शनिबार काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ नचामुण्डा चोकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूको साथबाट साढे ८ किलो सालकको खपटा बरामद भएको छ। उनीहरूले कहाँबाट उक्त खपटा संकलन गरे भन्नेबारे डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology