शंखरापुर नगरपालिकामा रोजगारीकाे अवसर, माग्यो इन्जिनियरदेखि ल्याब असिस्टेन्ससम्म
Mayorsap
मंगल, फागुन १३, २०८१ | १३:१८ बजे

काठमाडौँ । शंखरापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा रोजगारीको अवसर खुलेको छ।
नगरपालिकाले करार सेवामा सिभिल इन्जिनियर (सातौं तह), पशु चिकित्सक (छैटौं तह), ल्याब असिस्टेन्स (चौथो तह) अन्तर्गत कर्मचारी माग गरेको हो।
सिभिल इन्जिनियर पदमा आवेदन दिने इच्छुकको योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्किटेक्चर वा सिभिल वा बिल्डिङ वा स्टक्चरल वा टाउन प्लानिङ विषयमा बि।ई वा सो सरह उत्तीर्ण गरेको र परिषदमा दर्ता भएको हुनुपर्नेछ।
यस्तै, पशु चिकित्सक पदमा आवेदन दिने इच्छुकको योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र परिषदमा दर्ता भएको हुनुपर्नेछ।
ल्याब असिस्टेन्स पदमा आवेदन दिने इच्छुकको योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्तीर्ण गरी ल्याब असिस्टेन्सको कोर्ष उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको हुनु पर्नेछ।
आवेदन दस्तुर सातौ र छैटौं तहको लागि एक हजार दुई सय रूपैयाँ र चौथो तहको लागि छ सय रूपैयाँ लाग्नेछ।
उमेर हद सातौ र छैटौं तहको लागि पुरुषको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ। चौथो तहको हकमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ।
इच्छुकले फागुन २७ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।
