मेयरसाप

सामुदायिक विद्यालय

फलेवास नगरपालिका

काठमाडौं दरबार क्षेत्र

गोपाल हमाल

राष्ट्रिय प्रतिभा पुरस्कार

लहान नगरपालिकाको इन्धन र खाजामा भारी अनियमिताः तेस्रो पटक अख्तियारमा बयान दिन पुगे मेयर चौधरी

६ घण्टा लगाएर २० पाना लामो प्रश्नावलीकाे दिए जवाफ

Mayorsap

मंगल, फागुन १३, २०८१ | १४:५२ बजे

सिराहा । लहान नगरपालिकाका मेयर महेश चौधरीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ घण्टासम्म बयान लिएको छ । साेमबार बिहान १० बजे आयोगको बर्दिवासस्थित कार्यालयमा हाजिर भएका मेयर चौधरीसँग आयोगले लगातार ६ घण्टा बयान लिएको हो ।


आर्थिक वर्ष २०७९/८० मा २ करोड र २०८०/०८१ मा ३ करोड रुपैयाँ इन्धनमा खर्च भएको देखिएपछि अख्तियारले अनियमितता भएको आशंकामा छानबिन सुरू गरेको थियो । अख्तियारले पहिलो चरणमा दुई आर्थिक वर्षमा इन्धन बापत दिइएको भुक्तानी र सोसँग सम्बन्धित कागजातहरु झिकाएर अध्ययन गरेपछि विस्तृत छानविनमा लैजाने निर्णय गरेको थियो ।


कागजात अध्ययनबाट अनियमितता भएको देखिएपछि सम्बन्धित अधिकारीहरुलाई बयानका लागि बोलाइएको स्रोतले जनाएको छ । नगरपालिकाका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए अनुसार इन्धन खर्चमा पालिकामा अनियमितता भएकै ठहर अख्तियारले गरेको छ । मुद्दा स्थापित हुने देखिएपछि स्वयं मेयर चौधरीलाई नै बयानका लागि बोलाइएको अख्तियार स्रोतले जनाएको छ ।


खाजा र खाना खर्चमा ३ करोड ६५ लाख खर्च देखिएपछि अख्तियारले लहान नगरपालिकामा व्यापक अनियमितता रहेको आशंकामा छानविन थालेको थियो । अध्ययन गर्दै जाँदा इन्धन खर्च पनि अस्वभाविक देखिएको र उजुरीसमेत परेकोले छानविन थालिएको अख्तियारले जनाएको छ ।


बयान दिनका लागि आयोगको कार्यालय पुगेका मेयर चौधरीलाई लगभग २० पाना लामो प्रश्नावली दिएको थियो र त्यसको उत्तर लेख्न उनलाई ६ घण्टा लागेको थियो । सो क्रममा मेयर चौधरीसँग अनुसन्धान अधिकारीहरुले धेरै पटक पुरक प्रश्नहरु सोधेका थिए ।


नेपालमै सबैभन्दा बढी खाजा, खाना र इन्धन खर्च देखिएको लहान नगरपालिका अख्तियारको रेड जोनमा परेको छ । मेयर चौधरीले यस अघि राजस्व छुट दिने निर्णय गरेकोमा पनि अख्तियारमा बयान दिएका थिए । यो उनको तेश्रो बयान हो ।


मेयर चौधरीले महेस्वरी चौधरीको नाममा जमिन खरिद गरी राखेको उजुरी परेपछि अख्तियारले सम्पत्ति छानविनतर्फ पनि प्रकृया अगाडि बढाएको स्रोतले जनाएको छ । मेयर चौधरीको विदेश भ्रमण सम्बन्धी इमिग्रेशन रिपोर्ट पनि अख्तियारले झिकाएको छ । अख्तियारको रडारमा रेडजोनमा रहेका मेयर चौधरीमाथि दर्जनौं उजुरी परेको छ । त्यसमध्ये ४ वटा मुद्दा स्थापित हुने प्रकृयामा रहेको अख्तियारकै एक अधिकारीले जानकारी दिएका छन् ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology