मेयरसाप

झापा गाउँपालिका

स्थानीय तह

वडा

निर्माण

निशुल्क भर्ना

ऊर्जामन्त्रीले सोधे कुलमानलाई २४ घण्टे स्पष्टीकरण– तपाईँलाई किन नहटाउने ?

Mayorsap

मंगल, फागुन १३, २०८१ | १८:४३ बजे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेका छन् । ऊर्जा मन्त्री खड्काले आज कुलमानलाई सोधिएको स्पष्टीकरणमा २४ घण्टाभित्र जवाफ दिन भनिएको छ । मन्त्री खड्काले मन्त्रीस्तरको निर्णय गरेर आन्तरिक तथा बाह्य भ्रमण, काज र विदाका विषयमा प्रश्न सोधेका छन् ।  

 

जसमा ‘अन्तर्राष्ट्रिय भ्रमण काजमा जाँदा सोही विनियमावली बमोजिम सञ्चालक समितिको स्वीकृति नलिएको विषयमा प्रश्न उठाइएको छ। यस्तै १२ फेब्रुअरी २०२५ मा भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा नेपाली प्रतिनिधिमण्डलको टोली नेताको हैसियतमा त्यसतर्फ जाँदा स्वीकृति लिए/नलिएको अर्को प्रश्न उठाइएको छ। जसमा कुलमानले मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएका सहमति पत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी प्राप्त गरेको हो ? भन्ने पनि प्रश्न छ । 

 

यसअघि  पुस २२ गते र पुस २८ गते सोधिएका दुई स्पष्टीकरणमा कुलमानले पेस गरेका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको बताइएको छ । ‘...नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ? तपाईँले कार्यकारी निर्देशकको हैसियतले गरेका देहायका विषयमा समेत २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८१/११/१३ को निर्णयअनुसार जानकारी गराइन्छ,’ स्पष्टीकरण पत्रमा उल्लेख छ । यसअघि कुलमानलाई हटाउने प्रस्ताव उर्जा मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा लगे पनि कांग्रेसका मन्त्रीहरूले विरोध गरेपछि सो विषयमा निर्णय भएको थिएन । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology