मेयरसाप

फलेवास नगरपालिका

रेणु दाहाल

बजेट

मालिका गाउँपालिका

वडा

पाल्पाका आधा दर्जन स्थानीय तहमा मगर दिवस मनाउन सार्वजनिक विदा

Mayorsap

मंगल, फागुन १३, २०८१ | २०:३८ बजे

पाल्पा । ४३ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका विभिन्न पालिकाले सार्वजनिक विदा दिएका छन् । फागुन १५ गते अर्थात् बिहीबार मगर एकता दिवसको अवसर पारेर रामपुर नगरपालिकासहित रम्भा, बगनासकाली, निस्दी, पूर्वखोला र माथागढी गाउँपालिकाले सार्वजनिक विदा दिएका छन् । सो दिन पालिका मातहतका कार्यालय, शैक्षिक संस्थामा विदा दिइएको सार्वजनिक सूचनामार्फत जनाइएको छ ।

 

मगर समुदायको बसोबास बढी रहेकाले यस क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम, संस्कृति संरक्षण गर्न र उल्लासमय रूपमा दिवस मनाउन एक दिन सार्वजनिक बिदा दिइँदै आएको रामपुर नगरप्रमुख रमणबहादुर थापाले बताए । 

 

बगनासकाली गाउँपालिकाले स्थानीय बिदाको दिन आदिवासी जनजाति समन्वय समितिको आयोजना तथा नेपाल मगर सङ्घको सहजीकरणमा हुने कार्यक्रममा सहभागी हुन गाउँसभाका सदस्य एवं सम्पूर्ण कर्मचारीलाई चिलाङ्दी खेलमैदानमा उपस्थित हुन अनुरोधसमेत गरेको छ । 

 

दिवसका दिन मगर समुदायका व्यक्तिहरू आफ्नो संस्कृति झल्कने पहिरनमा सजिएर झाँकी, ¥यालीसहित कार्यक्रममा सहभागी हुने गर्दछन् । दिवसको अवसर पारेर खानाका परिकार प्रदर्शनी, सालैजो, झ्यारे, मारुनी जस्ता संस्कृति नाच प्रस्तुतिलगायत कार्यक्रम आयोजना गरिने छन् ।   

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology