मेयरसाप

सम्पादकीय

मनहरी गाउँपालिका

एम्बुलेन्स

छिन्नमस्ता गाउँपालिका

नौकुण्ड गाउँपालिका

सगरमाथा

बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव

Mayorsap

बुध, फागुन १४, २०८१ | ०९:४३ बजे

ढाका । बङ्गलादेशमा नेपाली सेना दिवस एवं साहित्यिक महोत्सव आयोजना गरिएको छ । ढाकास्थित नेपाली दूतावासमा दुवै कार्यक्रम आयोजना गरिएका हुन् । नेपाली सेनाको २६२ औँ स्थापना दिवसको अवसरमा दूतावास परिसरमा आयोजित स्वागत समारोहमा बङ्गलादेशका लागि नेपालका राजदूत  घनश्याम भण्डारीले सेना दिवसबाट नेपाल र नेपाली जनताप्रति नेपाली सेनाको अटल समर्पण, वफादार र सेवा झल्कने बताए ।

 

उनले नेपाल र बङ्गलादेशबीचको सैन्य सहयोगलाई उजागर गर्दै त्यसबाट मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न योगदान पुग्ने विश्वास व्यक्त गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । दूतावासका सैन्य सहचारी महासेनानी अञ्जनकेशर खत्रीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षामा नेपाली सेनाको भूमिकाबारे चर्चा गर्दै नेपालको सामाजिक, आर्थिक विकासमा नेपाली सेनाको योगदानका साथै संयुक्त राष्ट्रसङ्घको आह्वानमा  अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले निर्वाह गरेको योगदानबारे जानकारी गराए ।

 

दूतावासका अनुसार समारोहका प्रमुख अतिथि, बङ्गलादेशका प्रधानसेनापति जनरल वाकर–उज–जमानले नेपाल र बङ्गलादेशका सशस्त्र बलबीचको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरेका थिए । ​​​​​​​यसैबीच, दूतावासले मङ्गलबार दिउँसो बङ्गलादेश–नेपालमैत्री समाजसँगको सहकार्यमा साहित्यिक समारोह पनि आयोजना गरेको थियो ।

 

त्यस अवसरमा नेपाल र बङ्गलादेशबीचको सांस्कृतिक तथा भाषिक समानताका विविध पक्षलाई उजागर गर्दै स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए । राजदूत भण्डारीले नेपाल र बङ्गलादेशबीचको सांस्कृतिक सम्बन्ध तथा जनता–जनताबीचको सम्पर्कलाई साहित्यिक आदानप्रदानका कार्यक्रमले अझ सुदृढ बनाउन सहयोग गर्ने बताए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology