मेयरसाप

सम्पादकीय

धरान उपमहानगरपालिका

बौद्धीमाई नगरपालिका

पोखरा महानगरपालिका

त्रिशूली

सुखीपुर नगरपालिका

प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो

Mayorsap

बुध, फागुन १४, २०८१ | १०:१० बजे

ओडिसा । ओडिशाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युबारे अनुसन्धान तीव्र पारिएको छ । ओडिशा सरकारले मंगलबार मात्रै किट कलेजका थप ४ अधिकारीहरूलाई बयानका लागि उच्च स्तरीय समितिमा उपस्थित हुन बोलाएको छ। 

 

उच्च शिक्षा विभागका केआईआईटीका प्रमुख प्रोक्टर पीके पटनायक, निर्देशक संहिता मिश्रा, आन्तरिक समिति प्रमुख इप्सिता सत्पाथी र सहायक निर्देशक स्म्रिका पाटी र निजी कलेजका धेरै वरिष्ठ अधिकारीहरूलाई बोलाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

 

समाचार अनुसार उनीहरूलाई बिहीबार अतिरिक्त मुख्य सचिव (गृह) सत्यब्रत साहुको नेतृत्वमा रहेको समितिमा उपस्थित हुन भनिएको सूचनामा उल्लेख छ । यस अघि फ्रेबुअरी २१ मा पनि केआईआईटीका संस्थापक अच्युत सामन्तसहित सो कलेजका ७ जना उच्च अधिकारीले समिति समक्ष हाजिर भई बयान दिएका थिए ।

 

नेपाली विद्यार्थीलाई मात्र छात्रावास छाड्न नोटिस किन दिइयो ? भन्ने प्रश्न सोधिएको थियो भने मृतक युवतीले एक महिनाभन्दा बढी समयदेखि दिएको दुव्र्यवहारको उजुरीमा किन कार्बाही नगरेको ? भन्दै उनीहरुलाई प्रश्न सोधिएको थियो ।  ‘सामन्त र अन्यलाई पनि नेपाली विद्यार्थीहरू विरुद्ध कथित जातीय दुर्व्यवहारको बारेमा बारम्बार सोधपुछ गरिएको थियो,’ एक अधिकारीले भारतीय सञ्चारमाध्यमलाई जनाएका छन् ।

 

नेपाली विद्यार्थीको आत्महत्याको घटना पछि ओडिशा सरकारले फ्रेबुअरी १८ मा एक उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । कथित आत्महत्यामा निम्त्याउने अवस्था, कलेज प्रशासनले गरेको कथित कारबाही, विद्यार्थीहरूको एक निश्चित समूह ९नेपाली०लाई मात्र सूचना जारी गर्ने र उनीहरूका लागि संस्थान अनिश्चितकालका लागि बन्द गर्ने जस्ता कार्यहरू गरिए पछि सो समिति गठन भएको हो ।

 

यसका साथै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घटनाका सम्बन्धमा उचित कारबाही गर्न र आत्महत्या गरेको आरोपमा पीडित नेपाली विद्यार्थीलाई न्याय दिन भारत सरकारसँग आग्रह गरेका थिए । साथै, ओली सरकारले नेपाली विद्यार्थीका लागि स्वस्थ शैक्षिक वातावरणको प्रत्याभूति गर्न प्रदेश सरकारलाई आग्रह गरेको जनाइएको छ । 

 

थप रूपमा नेपालले ओडिशाका मुख्यमन्त्री मोहनचरण माझीलाई पनि नेपाली विद्यार्थीहरू माथि भएको कथित उत्पीडनमा संलग्न किटका शिक्षक र कर्मचारीहरूलाई संस्थानबाट स्थायी रूपमा बर्खास्त गर्न सुनिश्चित गर्न अनुरोध गरेको छ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology