भूमिसम्बन्धी अध्यादेश आफ्नाहरूलाई पोस्नका लागि ल्याएको हो : अध्यक्ष नेपाल
Mayorsap
शुक्र, फागुन १६, २०८१ | १९:४४ बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता नलिइकन सरकारले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ ल्याउन नपाउने बताएका छन् । भूमिसम्बन्धी अध्यादेश समस्या समाधान गर्नेभन्दा पनि आफ्नाहरूलाई पोस्नका लागि ल्याएको उनको आरोप छ ।
जनता समाजवादी पार्टी, नेपालले आज आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले भने, “सरकार कानुन र विधिसम्मत ढङ्गबाट चल्नुपर्छ” । उनले भने, “सरकारले सही उद्देश्यले अध्यादेश ल्याइएको भनेर आश गर्ने ठाउँ छैन ।”
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादले भने, “सरकारले यो भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्छ, त्यसो नभए हामी संघर्षमा जान्छौं ।” सुकुम्वासी भूमिहीनको पहिचान गरी समस्या समाधानका लागि विज्ञसँग छलफल गरेर वैज्ञानिक बाटो अपनाएर सधैँका लागि समस्या समाधान गर्नुपर्छ”, उनले भने ।