Ad Image

अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740796709.png

काठमाडौं । अस्ट्रेलिया जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ । अफगानिस्तानविरुद्धको खेल वर्षाले रद्द भएर एक–एक अंक बाँडेपछि अस्ट्रेलिया समूह बी बाट ३ खेलमा ४ अंक बटुल्दै सेमिफाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १२।५ ओभरमा एक विकेट गुमाउँदै १०९ रन बनाएको अवस्थामा वर्षाले खेल अवरुद्ध भएको थियो ।

 

समूह बी मा अब दक्षिण अफ्रिका २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ भने अफगानिस्तानको ३ खेलमा ३ अंक रहेको छ । यस समूहको सेमिफाइनलमा पुग्ने दोस्रो टिमको निर्णय शनिबार हुने दक्षिण अफ्रिका र इङल्याण्डबीचको खेल पछि लाग्ने छ ।

 

इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरीइसकेकोले  दक्षिण अफ्रीका र अफगानिस्तान मध्ये एक देश सेमिफाइनलमा पुग्ने छन् । तर दक्षिण अफ्रिकाको रनरेट राम्रो रहेकाले इङल्याण्डसँग हार भएपनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै रहेको छ ।