मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

स्थानीय सरकार

ललितपुर महानगरपालिका

विनयी त्रिवेणी गाउँपालिका

गोपाल हमाल

साँगुरीगढी गाउँपालिका

वीरगञ्ज महानगरपालिका

चौँरी याक प्रवर्द्धन गर्दै सिरिजङ्घा गाउँपालिका

Mayorsap

शनि, फागुन १७, २०८१ | १४:११ बजे

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा चौँरी याक प्रवर्द्धन तथा संरक्षण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको हो ।     
     
यसका लागि गाउँपालिकाले रु आठ लाख बजेट विनियोजन गरेको छ । सिरिजङ्घा महोत्सव–२०८२ का अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म चौँरी याक प्रवर्द्धन तथा प्रदर्शनी आयोजना गरिने गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिए । त्यस अवसरमा उत्कृष्ट चौँरीपालकलाई पुरस्कृत गरिने छ ।     
     
गाउँपालिकाका अनुसार उत्कृष्ट हुने किसानलाई रु २८ हजार पाँच सय ८६ प्रदान गरिनेछ भने सान्त्वना पुरस्कार स्वरूप रु आठ हजार पाँच सय ८६ उपलब्ध गराइने छ । हाल चौँरी पालनप्रति आकर्षण घट्दै गएकाले यसको संरक्षण र महत्त्व उजागर गर्न प्रदर्शनी आयोजना गर्न लागिएको उपाध्यक्ष माबोले बताए । चौँरी पालन हिमाली क्षेत्रमा जीवनयापनको मुख्य आधार भएकाले यसलाई प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ ।     
     
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा समुदायको प्रमुख आम्दानीको स्रोत चौँरी गोठ हो । चौँरीबाट दुधजन्य पदार्थ घ्यू, छुर्पी उत्पादन गरेर बिक्री गरेर त्यहाँका नागरिक गुजारा गर्दै आएका छन् । त्यस्तै याक चीनका विभिन्न बजारमा माग आउने गर्छ । किसानले चीनमा याक निर्यात गर्न पनि याकपालन गर्ने गर्छन् । एउटा याक रु एक लाखभन्दा बढी मूल्यमा चीनमा निर्यात हुने गरेको किसानको भनाइ छ । गाउँपालिकाले आयोजना गरेको चौँरी याक प्रवर्द्धन तथा प्रदर्शन कार्यक्रमले किसानलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।     

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology