मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

खुम्बु पासाङल्हामु गाउँपालिका

पार्किङ

धरान उपमहानगरपालिका

नुर्वु स्याङबो घले

सिदिङ्वा गाउँपालिका

लागुऔषध विरुद्धको महाअभियान सुरु

Mayorsap

शनि, फागुन १७, २०८१ | २१:५४ बजे

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध विरुद्धको महाअभियान कार्यक्रम शुभारम्भ गरेको छ । आज काठमाडौंमा उक्त महाअभियानको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले विभिन्न महत्वपूर्ण व्यक्ति, युवा तथा विद्यार्थीहरू, चलचित्रकर्मीहरू, कला र सङ्गीतक्षेत्रका विशिष्ट व्यक्तिहरूलाई जोडेर शुभारम्भ भएको यो महाअभियान अत्यन्तै प्रशंसनीय रहेको बताए ।

 

लागुऔषध समाजमा घातक चुनौतीका रूपमा देखापरेको र लागुऔषध दुव्र्यसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारी आत्महत्या, साइबर अपराध, यौनजन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटनाजस्ता अपराधहरू वृद्धि गराइरहेकाले यसविरुद्ध अभियानमा सबैको सहकार्य आवश्यक पर्नेमा उनले जोड दिए ।

 

यसको न्यूनीकरण र नियन्त्रणमा सरकार र प्रहरीको प्रयासका साथै समाजका विभिन्न व्यक्तित्वहरूलाई जोड्दै महाअभियानका रूपमा लागुऔषध विरुद्ध लड्न जरुरी रहेको गृहमन्त्री लेखकले बताए ।

 

गृहसचिव गोकर्णमणि दुवाडीले लागुऔषध समाजमा अत्यन्तै पेचिलो बन्दै प्रमुख समस्याका रूपमा देखा परेको उल्लेख गर्दै यसको समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरूको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकार भएका पक्ष, समाज र नागरिको साथ, सहयोग आवश्यक रहेको बताए ।

 

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै विश्वव्यापी रूपमै जटिल समस्याका रूपमा देखापरेको लागुऔषधको उत्पादन, ओसारपसार, बिक्री वितरण एवम् सेवनको असर र प्रभाव हाल नेपालमा समेत बढ्दै गइरहेकाले यसको न्यूनीकरण जरुरी रहेको बताए ।

 

उनले समाजको नेतृत्वदायी भूमिकामा रहेका राजनैतिक दल र युवा समूह एवम् सामाजिक आदर्शका रूपमा समाजसँग नजिक रहेका अभिभावक, शिक्षक, कलाकार तथा सञ्चारकर्मीहरू समेतको सहभागिताले यस महाअभियानको प्रभावकारिता र गुणस्तरियता बढ्न गई परिणाममुखी हुने अपेक्षा रहेको बताए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology