एमाले सचिवालय बैठक बस्दै, अध्यादेशबारे छलफल हुने
Mayorsap
आइत, फागुन १८, २०८१ | ०७:०३ बजे

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक अपरान्ह २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिएका छन् । उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ ।
सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् । आफैले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ । सरकारमै रहेको दलहरूले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।