मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

काचो स्याउ

सेवाग्राही सुविधा

वृक्षरोपण

त्रिशूली

रामलखन मलाह

राष्ट्रियसभाबाट नयाँ एक र पुराना तीन विधेयक पारित

Mayorsap

आइत, फागुन १८, २०८१ | १६:५३ बजे

काठमाडौँ । राष्ट्रियसभाको आइतबार बसेको बैठकले नयाँ एक र पुराना तीन गरी चार विधेयक पारित गरेको छ । 


बैठकले राष्ट्रियसभामै उत्पति भएको नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । अब यो विधेयक प्रतिनिधिसभामा पठाइनेछ । राष्ट्रियसभाले पहिला सभामै उत्पत्ति भएर पारित गर्दै प्रतिनिधिसभामा पठाएका तीन विधेयक प्रतिनिधिसभाले परिमार्जन गरी पारित गरेर पठाएपछि पुनः पारित गरेको हाे।


भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक आजको राष्ट्रियसभा बैठकले पारित गरेको हो । यी विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कानुन बनेर लागू हुनेछन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology