टोखामा गोली हानेर प्रहरीले पक्राउ गर्यो लाल मोहम्मद हत्याका अभियुक्त


काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले गोली हानेर एक जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले लाल मोहम्मद हत्याका अभियुक्त गुड्डु पटेललाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा गोली चलाएको हो ।
हरिवन–२, सर्लाहीका मोहम्मदको २०७९ असोज ३ गते साँझ गोठाटारमा हत्या भएको थियो । उनी काठमाडौंको झोर, टोखामा फेला परेका थिए । भाग्न खोज्दा गोली प्रहार गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताए ।
उनी काठमाडौं आएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली पक्राउ गर्न पुगेको थियो । उनलाई अहिले अस्पताल लगिएको र स्थिति खतरामुक्त रहेको बस्नेतले बताए ।