मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

निस्दी गाउँपालिका

कानेपोखरी गाउँपालिका

सामुदायिक विद्यालय

हरिपुर्वा नगरपालिका

कमला नगरपालिका

प्युठानको सरुमारानी गाउँपालिकाको सहयोगमा कुसुन्डा भाषा प्रशिक्षण हुँदै

Mayorsap

आइत, फागुन १८, २०८१ | २२:११ बजे

प्युठान । लोपउन्मुख कुसुन्डा समुदायको भाषा संरक्षणका लागि प्युठानमा १५ दिने कुसुन्डा भाषा प्रशिक्षण हुने भएको छ । सरुमारानी गाउँपालिकाको आर्थिक सहयोगमा सोमबारदेखि देशभरका कुसुन्डालाई एकैथलोमा राखेर १५ दिने भाषा प्रशिक्षण गर्न लागिएको पालिकाका अध्यक्ष झकबहादुर विकले जानकारी दिए । प्रशिक्षणमा नेपालभर रहेका कुसुन्डा समुदायका प्रत्येक घरबाट एक जनाको प्रतिनिधित्व हुने गरी व्यवस्थापन गरिएको उनले बताए ।

 

“हामीले कुसुन्डा भाषाको संरक्षणका लागि कानुनसमेत बनाइसकेका छौँ । मानवीय विकास नै पहिलो विकास भएकाले लोपउन्मुख कुसुन्डा समुदायका नागरिकलाई भाषा, संस्कार र संस्कृति संरक्षणका लागि काम गरिरहेका छौँ । यो पनि त्यसैको निरन्तरता हो”, अध्यक्ष विकले भने । कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदयराज आलेले लोपउन्मुख समुदायको भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पालिकास्तरबाट पहिलोपटक यस्तो कार्यक्रम हुन लागेको भन्दै खुसी व्यक्त गरे । यसघघि भाषा आयोगको सहयोगमा दाङका २३ जना कुुसुन्डा युवाले भाषा सिकिसकेको पनि उनले बताए।  

 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा जातिको जनसङ्ख्या एक सय १५ पुरुष र एक सय ३८ महिला गरी दुई सय ५३ जना रहेको छ । लुम्बिनी प्रदेशको प्युठानमा पुरुष १६ र महिला १५ गरी ३१ जना छन् भने दाङमा पुरुष १७ र महिला २७ गरी ४४ जना छन् । गोर्खा, तनहुँ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ देउखुरी र सुर्खेतमा कुसुन्डाको बसोबास रहेको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology