अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सैन्य सहयोग
Mayorsap
मंगल, फागुन २०, २०८१ | ०९:०१ बजे

काठमाडौं । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोकेको ह्वाइटहाउसलाई उदृत गर्दै अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।
यसक्रममा युक्रेनलाई यसअघि दिने भनिएका र युक्रेन पुगिनसकेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताइएको छ। यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन् । गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहसपछि घटनाक्रम द्रुत गतिमा परिवर्तन भएको देखिएको छ ।