रौतहटको दुर्गाभगवती गाउँपालिकामा गर्भवती महिलालाई निःशुल्क 'अल्ट्रासाउन्ड' सेवा
Mayorsap
मंगल, फागुन २०, २०८१ | ०९:५९ बजे

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा प्रदान सुरू गरिएको छ । पालिका प्रमुख शम्भु सिंहको विशेष सक्रियतामा स्वास्थ्यकर्मीको टोली गाउँपालिकाको वडामै पुगेर गर्भवती महिलाहरूको निःशुल्क अल्ट्रासाउन्डसहित स्वास्थ्य परीक्षण सुरू गरेको हो।
ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्स-रे सेवा उपलब्ध गराउन सुरू गरिएको पालिका प्रमुख सिंहले बताए। यस कार्यक्रमले घरमै बसेर गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच सुरू भएको र अब अन्य ठाउँमा जाँचका लागि धाउनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ।
यसले पालिकाभित्रका शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो भएको पालिका स्वास्थ्य संयोजक दिनेश महतोले बताए । वडा नम्बर ५ बागमती पारीको गाउँ बडहर्वाबाट शनिबारदेखि सुरू भएको कार्यक्रममा आईतवारसम्म ४५ जना गर्भवती महिलाहरूले सेवा लिएको पालिकाले जनाएको छ।