मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

न्यायिक समिति

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

वीरेन्द्रनगर नगरपालिका

ढकारी गाउँपालिका

छिन्नमस्ता गाउँपालिका

मेक्सिको, क्यानडा र चीनमा कर लागु गरेपछि अमेरिकी शेयर बजारमा गिरावट

Mayorsap

मंगल, फागुन २०, २०८१ | १०:३८ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा कर लागु गर्ने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ । डाउ जोन्स १.४ प्रतिशत, एसएन्डपी ५०० १.७५ प्रतिसत र नास्ड्याक २.६ प्रतिशतले घटेको छ ।

 

पारस्परिक करहरू अप्रिल २ बाट लागू हुने भए पनि ट्रम्पले मंगलबारदेखि अमेरिकामा मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा २५ प्रतिशतसम्मको थप कर लगाइने र चीनबाट आउने सामानहरूमा १० प्रतिशतसम्मको अतिरिक्त कर लगाइने घोषणा गरेका हुन् । यसैबीच, चीन, क्यानडा र मेक्सिकोले अमेरिकी सामानहरूमा बदलास्वरूप कर लगाउने घोषणा गरेका छन् ।

 

क्यानडाले अमेरिकाबाट क्यानडा प्रवेश गर्ने १५५ अर्ब डलर बराबरका उत्पादनहरूमा प्रतिशोधात्मक शुल्क लगाएको छ । जुन ३० अर्ब डलर बराबरका सामानहरूबाट सुरु हुनेछ । यी तीन देश अमेरिकाका शीर्ष व्यापारिक साझेदार हुन् र भन्सार शुल्कको मुद्दाका कारण व्यापार युद्ध सुरु हुने सम्भावना अझ बढेको छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology