Ad Image

आयल निगमले भन्योः ग्यास सहज उपलब्ध हुन्छ, मूल्य यथावत छ

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741092764.jpeg

काठमाडौं । नेपाल आयल निगमले ग्यासको मूल्य यथावत रहेको बताएको छ । मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउँदै ग्यास उद्योगहरूबाट अब ग्यास सहज उपलब्ध हुने निगमले बताएको हो ।  

आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मूल्य यथावत रहने स्पष्ट गरेको छ ।