नारायणमान बिजुक्छे नेमकिपाको अध्यक्षमा सर्वसम्मत चयन
Mayorsap
मंगल, फागुन २०, २०८१ | १९:३७ बजे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान बिजुक्छे सर्वसम्मत निर्वाचित भएका छन् । पार्टीको आठौं महाधिवेशनले ४ वैकल्पिक केन्द्रीय सदस्यहरूसहित कुल ३३ जनाको केन्द्रीय समिति सर्वसम्मतीले चुनिएको हो ।
पार्टीको आठौं महाधिवेशनबाट आठौं पटक बिजुक्छे पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो । ८५ वर्षका बिजुक्छे २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौं महाधिवेशनसम्म उनी निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् ।