मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

इस्मा गाउँपालिका

बीउ

ललितपुर महानगरपालिका

सम्पादकीय

पैयूँ गाउँपालिका

दोस्रो वीरगञ्ज गोल्डकपः मछिन्द्र क्लब सेमिफाइनमा प्रवेश

Mayorsap

मंगल, फागुन २०, २०८१ | २०:५६ बजे

पर्सा । मछिन्द्र फुटबल क्लब जारी दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा आज भएको खेलमा मछिन्द्र क्लबले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो ।

 

खेलको ५५ औँ मिनेटमा मछिन्द्र क्लबका रेजिन सुब्बाले गोल गर्दै खेलमा अग्रता गराएका थिए । रेजिनले कर्नरबाट आएको बललाई सही सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । खेलको ७६ औँ मिनेटमा चर्च ब्बाइज युनाइटेडका कप्तान डिका सर्जले हेडमार्फत गोल गर्दै खेलमा बराबरी गरेका थिए ।

 

खेलको ९५औँ मिनेटमा मछिन्द्र क्लबका रेजिन सुब्बाले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्र क्लबलाई विजयी बनाएका हुन् । उनै सुब्बा आजको खेलमा ‘म्याद अफ दि म्याच’ समेत घोषित भए । मछिन्द्रले अब सेमिफाइनमा सहलेश फुटबल क्लब सिरहासँग प्रतिस्पर्धा गर्नेछ ।

 

यही फागुन १७ गतेदेखि सुरू भएको वीरगञ्ज गोल्डकप फागुन २४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रू ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रू पाँच लाख ५५ हजार पाँच सय ५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology