भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
Mayorsap
बुध, फागुन २१, २०८१ | ०७:५० बजे

काठमाडौं । भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
भारतको जितमा विराट कोहलीले सर्वाधिक ८४ रन बनाएका थिए भने श्रेयस अय्यरले ४५ रन बनाएका थिए । त्यस्तै केएल राहुलले ४२ रन बनाए भने कप्तान रोहित शर्मा र हार्दिक पाण्डेयले २८/२८ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अल आउट हुँदै २६४ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७२ रन बनाए भने एलेक्स केरीले ६१ रन बनाएका थिए । त्यस्तै ट्राभिस हेडले ३९ रन बनाए भने मार्नस लाबुसचागनेले २९ रन बनाएका थिए । त्यस्तै बेन ड्वारशुइसले १९ र नाथन एलिसले ११ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर मोहमद शामीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २र२ तथा हार्दिक पाण्डेय र अक्सर पटेलले एक एक विकेट लिए । अब फाइनलमा भारतले आज हुने दोस्रो सेमिफाइनलको दक्षिण अफ्रिका र न्युजील्याण्डबीचको विजेतासँग आगामी आइतबार फाइनलमा खेल्ने छ ।