नेपाली आप्रवासीलाई अमेरिकी विमानले छाड्याे काठमाडौं (नामसहित)


काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ८ नेपालीलाई अमेरिकी विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झारिदिएको छ ।
अमेरिकाले विमान चार्टड गरेर ८ नेपालीलाई आज स्वदेश फर्काएको हो । उनीहरूलाई लिएर आएको विमान आज बिहान अवतरण भएको हो । जहाजमा सात पुरुष र एक महिला गरेर नौ जना आएका छन्।
अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरूलाई लिएर आएको अमेरिकी जीआरपी-२३ चार्टर जहाज आज बिहान ९:५५ बजे काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई उनीहरूकै देश फर्काउन कडा नीति अवलम्बन गर्दै आइरहेका छन् । त्यसक्रममा नेपालमा पनि यसअघि नै २७ नेपाली फिर्ता भएको अध्यागमन विभागले जनाएको छ ।
निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।
