चार देश सम्मिलित सिरिजमा आज नेपालले हङकङविरुद्ध खेल्दै


काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । जस अन्तर्गत आज नेपालले हङकङविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपरान्ह १२ः४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार व्यहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार व्यहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुनेछ ।