मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

सखुवा प्रसौनी गाउँपालिका

तुर्माखाँद गाउँपालिका

तातोपानी गाउँपालिका

तिलागुफा नगरपालिका

नगर विकास कोष

नेपाल प्रहरीको ३१ औं आईजीपी बने दिपक थापा

Mayorsap

सोम, चैत ४, २०८१ | १८:५० बजे

काठमाडौं । नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजीपी) मा दिपक थापा नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

 

हालका महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अवकाशमा जाँदैछन् । त्यसअघि सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।  केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत एआईजी थापाले भोलि चैत ५ बाट कार्यभार सम्हाल्दैछन् ।उनी हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुख छन् ।    

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology