पोखरामा वडाध्यक्षमाथि रड प्रहार गर्ने पक्राउ, अभद्र व्यवहारमा अनुसन्धान हुँदै
Mayorsap
मंगल, चैत ५, २०८१ | १०:१८ बजे
पोखरा । पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्ष सुवेदीमाथि रड प्रहार गर्ने स्थानीय भूपेन्द्र गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
वडाध्यक्षसहित वडा सदस्य विमला केसीलाई आइतबार गिरीले आक्रमण गरेका थिए । गिरीलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासनबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।