मेयरसाप

भरतपुर महानगरपालिका

अर्थ

शिक्षा

राजनीतिक दल

अनुगमन

स्वास्थ्य

पनौती नगरपालिका

रामनगर गाउँपालिका

उपनिर्वाचन

इटहरी उपमहानगरपालिका

चन्द्रकोट गाउँपालिका

धनपालथानमा आगलागी : मृत्यु भएकाे भनिएका एक बालक सकुसल फेला

एक बालिकाको मृत्यु

Mayorsap

मंगल, चैत ५, २०८१ | १५:०३ बजे

विराटनगर। मोरङको धनपालथान गाउँपालिका ६ स्थित कदमाहामा भिषण आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । आगलागीबाट स्थानीय मुस्लिम बस्तीका १२ घरसहित १६ वटा टहरा जलेर नष्ट भएको छ ।

 

आगलागीमा परेर तीन वर्षे बालिका रेश्मा खातुनको मृत्यु भएको मोरङ प्रहरीका एसपी नारायण चिमरियाले जानकारी दिए । आगलागीका कारण भएको भागदौडका क्रममा हराएका भनिएका अर्का बालक भने सकुशल फेला परेको प्रहरीले जनाएको छ ।

 

अहिले प्रहरी, स्थानीय र वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आइसकेको प्रहरी उपरीक्षक चिमरियाले जानकारी दिए ।

 

बिहानैदेखि हावा चलिरहेको र गर्मी बढेसँगै सुख्खापन बढ्दै गएको बेला आगलागी भएको हो । फुसका घरहरु नजिकै भएको र परालको मचान पनि सँगै रहेका कारण आगो गाउँमा फैलिएको थियो । दिउँसो १२ बजेतिरबाट आगलागी सुरु भएको हो ।

 

प्रहरीले घटनास्थलबाट क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology