मेयरसाप

भरतपुर महानगरपालिका

अर्थ

शिक्षा

राजनीतिक दल

अनुगमन

स्वास्थ्य

निस्दी गाउँपालिका

लालबन्दी नगरपालिका

रोजगारी

बराहक्षेत्र नगरपालिका

विनयी त्रिवेणी गाउँपालिका

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता

युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

Mayorsap

मंगल, चैत ५, २०८१ | १६:३७ बजे

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

 

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यही रहेका उनीहरुबीच आज भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको थियो ।

 

त्यस अवसरमा मन्त्री डा राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि विदेशमन्त्री एन्द्री सिबिहामार्फत युक्रेन सरकारसँग आग्रह गरेकी थिइन् ।

 

भेटका क्रममा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेकाे स्राेतले जनायाे । नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहे पनि मानव तस्करहरु मार्फत् नेपालीहरुलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको स्पष्ट गर्दै मन्त्री डा राणाले रुसी सेनामा कार्यरत रहेका ती सात नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरुको रिहाइको माग गरेकी हुन् ।

 

उनीहरुलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको जानकारी दिँदै राणाले ती सात नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गरिन् ।

 

मन्त्री डा राणाले नेपालले सन् २०२७ देखि २०२९ का  लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यलगायतमा  उम्मेदवारी दिएकाले त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रह गरिन्।  

 

यसैबीच यस भेटका क्रममा दुई देशकाबीचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट बाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी परराष्ट्र मन्त्रीको सचिवालयले दिएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology