नक्कली बुवा बनेर भारतीयलाई नेपाली नागरिकता सिफारिस दिलाउने पक्राउ


सिराहा । सिराहामा नक्कली बुवा बनी भारतीय नागरिकलाई नागरिकता बनाउने अमानत मिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतको विहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मिँयाको नक्कली बुवा बनेर नागरिकता दिलाउने नरहा गाँउपालिका– ३ खोरीयाका अमानत मिँयालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।
वडाले सिफारीसलाई आधार मानी जिल्ला प्रशासन कार्यालय सिरहाले २०८० असार २६ मा भारतीय नागरिक मोसताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता जारी गरिएको थियो । नक्कली बुवा बनेका अमातन मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मिँयालाई नियन्त्रणमा लिए पनि विभिन्न राजनीतिक दवावका कारण वडा अध्यक्ष रुस्तम अन्सारी र सचिव रामदेव मण्डललाई प्रहरीले प्रकाउ गर्न नसकेको स्थानीयहरुको आरोप छ। नेपालमा ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने उखान चरितार्थ हुनेगरी वडाअध्यक्ष र सचिवले उन्मुक्ति पाउनु गलत भएको स्थानीयहरुको भनाई छ ।
भारतीय नागरिकलाई नागरिकता दिएको भन्दै करिव डेढवर्ष पहिले नै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । तर, प्रशासन कार्यालयले कुनै चासो देखाएनन्। आर्थिक प्रभाव र राजनीतिक दवावका कारण कार्बाहीको प्रकृया रोकिएको थियो।
मेयरसाप डटकमलगायत विभिन्न मिडियामा समाचारहरु सम्प्रेषण भएपछि सिराहा क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले समेत सदनमै अवाज उठाएका थिए। सदनमा अवाज उठेपछि कार्बाहीको प्रकृया अगाडि बढाइएको स्रोतको दावी छ ।
सिराहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले बताए । यसमा संलग्न सबैलाई अनुसन्धान र कार्बाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ।
नरहा गाँउपालिका वडा नम्वर ३ का वडाध्यक्ष रुषतम अन्सारी र वडा सचिव रामदेव मण्डलले भारतीय नागरिकसँग दुईलाख भारतीय रुपैयाँ लिएर नागरिकताको सिफारिस गरेको विषयमा मेयरसाप डटकमले गएको फागुनमा पहिलो पटक समाचार सम्प्रेषण गरेको थियो।
याे पनि पढ्नुहाेस्