आइसिसी च्याम्पियन्स ट्रफी विजेता टोलीलाई भारतले ५८ करोडको पुरस्कार दिने


नयाँदिल्ली । भारतले आइसिसी च्याम्पियन्स ट्रफी विजेता टोलीलाई ५८ करोड भारतीय रूपैयाँ पुरस्कार दिने भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बिसिसीआइ) ले रु. ५८ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेपछि क्रिकेट जगतमा खुसीयाली छाएको छ ।
रोहित शर्माको नेतृत्वमा भारत अपराजित रहँदै च्याम्पियन बनेको थियो । फाइनलमा भने भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेर उपाधी जीतेको थियो ।
बिसिसीआइका अध्यक्ष रोजर बिन्नीले लगातार २ वटा आइसिसी उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै र खेलाडी र सहयोगी टिमको मेहनतको सम्मानमा नगर पुरस्कार प्रदान गरिने निर्णय भएको जानकारी दिए ।
भारतले सन् २०२४ मा आइसिसी ट्वान्टी–२० विश्वकप पनि जितेको थियो ।