Ad Image

कलैया उपमहानगरपालिकाले पायो ‘म्युनिसिपल एक्सेलेन्स अवार्ड २०८१’

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742473797.jpg

बारा । नेपाल नगरपालिका संघले बाराको कलैया उपमहानगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिकाको रूपमा सम्मान गरेको छ । संघको ३२ औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रमुख विनोद साह, उपप्रमुख रौशन परविन र प्रमुख प्रशासकीय अधिकृत नाथु साहलाई संयुक्त रूपमा  'Municipala Excellence Award 2081' प्रदान गरेका हुन् ।

 

कलैया उपमहानगरपालिकाले नागरिकको जीवनस्तर उकास्न गरेको उल्लेख्य योगदान र कृषि, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा देशभरमै उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदान गरिएको जनाएको छ । संघले विभिन्न मापदण्डका आधारमा गरेको मूल्याङ्कनमा कलैया उपमहानगरपालिका शीर्ष स्थानमा परेको थियो । 
 

कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद साहले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र नगरवासीको संयुक्त प्रयासले सफल भएको बताए । उनले भने, “यो पुरस्कार हाम्रा लागि गर्वको विषय हो । हामीले विगतमा गरेका कामको मूल्याङ्कन भएको छ र यसले आगामी दिनमा थप ऊर्जाका साथ सेवा प्रवाह गर्न प्रेरणा मिलेको छ ।” उनले नगरवासीको साथ र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । नेपाल नगरपालिका संघले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहलाई सम्मान गर्दै आएको छ ।