Ad Image

दलितको घरमा डोजर लगाउने गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742571337.jpg

काठमाडौं । दलितको घरमा डोजर लगाउने सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् । औरही गाउँपालिका–५ मा दीपक मल्लिक (डोम) को घर भत्काएको अभियोगमा प्रहरीले उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरेको हो । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी लालमणि आचार्यले उनीहरूलाई नियन्त्रणमा लिएको बताए । 

 

अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ । ​​​​​​​पीडितबाट जाहेरी आए उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने डीआईजी आचार्यले बताए । उनले सोधपुछका लागि बोलाएपछि उनी दुबै जना आफै जिल्ला प्रहरी कार्यालय आएपछि नियन्त्रणमा लिएको पनि बताए । उनका अनुसार उजुरी भने अझै परेको छैन ।  महायज्ञ गर्ने नाममा दलित अछुत हुन्छ भन्दै  मल्लिका (डोम)को घर गत फागुन १० गते डोजरले भत्काएर उठीबास गराएका थिए ।