Ad Image

क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742640411.jpg

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।     
     
 एकडारा गाउँपालिका– ४ का श्रवण यादवका १० वर्षीय छोरा आलोककुमारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले बताए ।     
     
 गाउँका साथीहरुसँग सोही पालिका–३ स्थित वनमा रहेको एउटा खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न गएका आलोक खेल मैदान नजिकको पोखरीमा डुबेका उनले जानकारी दिए ।