Ad Image

ज्ञानेन्द्र शाहीको आरोप- 'कुलमानसँग प्रचण्डले टिआरसी साटे'

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742830713.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्रबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिआरसी विधेयकसँग कुलमान घिसिङलाई साटेको आरोप लगाएका छन् ।

 

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर उनको स्थानमा हितेन्द्र शाक्य नियुक्त गरेपछि उनले सो आरोप लगाएका हुन् ।
 

उनले सामाजिक सञ्जालमार्फत ब्यंग्य गर्दै भनेका छन :

‘कमरेड प्रचण्ड सार्है नै बाठो छ्न
टिआरसीसगँ कुलमान पो साटेछन’

 

उनी अगाडी लेख्छन्, ‘आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताले  गोप्य बैठकमा के गरे भनेको त कुलमान घिसिङ्लाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआरसी विधेक हुबहु पास गराउने  सहमती पो भएछ। बधाई छ, कमरेड प्रचण्ड !
 

मन्त्रिपरिषद बैठक अघि प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष ७ नेताको बैठक बसेको थियो । जसले संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउनका लागि ‘सर्च कमिटी’ बनाउने सहमति गर्दै नयाँ सिफारिस समिति तत्काल बनाएर प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।