निमावि तहको शिक्षक पदका लागि विज्ञापन खुल्यो


काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ । बिहीबार आयोगले विज्ञापन प्रकाशित गरी विभिन्न विषयका लागि ६८६ कोटामा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आवेदन खुला गरेको हो । न्यूनतम् योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन सकिन्छ ।