Ad Image

ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरेर युवकको हत्या

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743049066.jpg

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोल स्थित ओचु हाइटमा एक युवकको हत्या भएको छ । गएराति करिब १ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले रामेछाप नै घर भएका ३० वर्षीय रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ । 

 

आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् । उनीहरूबीच बहिनी जिस्काएको विषयमा विवाद भएको प्रहरी स्रोतले जनाएको छ । हत्याको अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।