दक्षिण कोरियामा लाग्यो अहिलेसम्मकै ठुलो डढेलो, २६ जनाको मृत्यु


सियोल । दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठुलो डढेलोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । यसमा ३० जना घाइते भएका छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । अग्नि नियन्त्रकहरू डढेलोबाट मानिसहरू र प्राचीन कलाकृतिहरूलाई बचाउने प्रयास गरिरहेका छन् ।
गत २१ मार्चबाट दक्षिण–पूर्वमा सुरु भएको आगलागीबाट दशौं हजार मानिसहरू विस्थापित भएका छन् । आगलागीमा परी मृत्यु हुनेहरुमा अधिकांश ६० र ७० वर्षका उमेरका भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूले मानव गतिविधिका कारण आगलागी सुरु भएको बताएका छन् र तीव्र हावाको गति र सुख्खा जमिनले आगलागीलाई छिटो फैलाउने काम गरिरहेको जनाएका छन । सो आगलागीमा परी युई सियोङ सहरको १३०० वर्ष पुरानो मन्दिर जलेको छ र अन्य सांस्कृतिक स्थलहरूलाई खतरामा पारेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।