Ad Image

दुर्गा प्रसाईंलाई संयुक्त जनआन्दोलन समितिमा जनकमान्डरको जिम्मा

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743071252.jpg

काठमाडौँ । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जनकमान्डरको जिम्मा दुर्गा प्रसाईंलाई दिएको छ।


बिहीबार (आज) पत्रकार सम्मेलनको आयोजना गरी समितिले यो जानकारी दिएको हो।


'नवगठित संयुक्त जनआन्दोलन समितिमा जनकमाण्डरको जिम्मा दुर्गा प्रसाईंलाई दिइएको छ' पत्रकार सम्मेलनमा भनिएको छ। 

 

राजतन्त्र पुनर्थापनाका लागि राजावादीहरूले सुरु गरेको आन्दोलन चैत २१ गतेदेखि थपि सशक्त बनाउने घोषणा गरेका छन्।


नवराज सुवेदीको संयोजकत्वमा गठन भएको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले बिहीबार एक अपील सार्वजनिक गर्दै चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने, १७ गते थप आन्दोलनको घोषणा गर्ने र २१ गतेदेखि सशक्त प्रदर्शन गर्ने जनाएको हो।


संयोजक सुवेदीले जारी गरेको अपीलमा संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना, सङ्घीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अभियान थालिएको जनाएका छन्।

 

उनले नेपाली जनताको चाहना ‘राजतन्त्र’ अथवा राजाको शासन होइन, राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकाको ‘संवैधानिक राजसंस्था’ भएको स्पष्ट पार्दै ‘संवैधानिक राजसंस्थाकै परिकल्पना गरिएकोले राजसंस्था सँगसँगै देशमा राजनीतिक दलहरूको अस्तित्व रहनु पर्छ र त्यसका लागि बिना कुनै धनजनको क्षति बर्तमान राजनीतिक दलहरू शान्तिपूर्ण रूपमा सहमतिमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो’ भनेका छन्।

 

उनले वर्तमान संविधानमा सानातिना फेरबदल गरेर सम्भव छैन भन्दै २०४७ सालको संविधानलाई आधार मानेर २०७२ सालको संविधानका सकारात्मक प्रावधानहरूलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमति हुनुपर्ने जनाएका छन्।