Ad Image

तीनकुने क्षेत्रमा कर्फ्यु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743158291.jpeg

काठमाडौँ । राजतन्त्रकाे पक्षमा आन्दाेलन चर्काएको समूहबाट उग्र बनेको आन्दाेलन प्रहरीले नियन्त्रण लिन नसकेपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरेकाे छ ।

 

प्रदर्शनकारीहरु र प्रहरीबीचकाे झडपमा  व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा  ताेडफाेड तथा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको हाे । स्राेतका अनुसार तीनकुने क्षेत्रमा सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो ।


गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो । राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेका छन् । 

 

जिल्ला प्रशासन कार्यालय काठमाडाैंका अनुसार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको छ । अवस्था हेरेर कर्फ्युकाे समय बढाउने वा अन्त्य गर्ने भन्ने निर्णय लिइने जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जानकारी दिएकाे छ ।

 

प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यलयमा समेत आक्रमण र तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले राेक्न खाेजेकाे थियाे । तर प्रदर्शनकारीहरूले प्रहरीकाे गाडी नै जलाएका थिए । त्यसपछि थप प्रहरी परिचालन गरिएकाे छ । अहिले प्रहरीले हतियार तेर्स्याएकाे अवस्था छ ।

 

अझै अवस्था तनावग्रस्त छ ।