पूर्व राजा ज्ञानेन्द्रलाई कामनपाले लगायाे सात लाख ९३ हजार जरिवाना (पत्रसहित)


काठमाडाैँ । काठमाडौंँ महानगरपालिकाले तीनकुने क्षेत्रको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने भएका छन्।
क्षतिकाे विवरण संकलन गरेर अहिले पत्र लेख्ने काम भइरहेकाे मेयर बालेनकाे सचिवालयले जानकारी दिएकाे छ ।
दुर्गा प्रसाईको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भए पनि यसको मुख्य जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र शाह भएको निष्कर्षमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को टोली पुगेको छ।
शुक्रबार काठमाडाैँकाे तीनकुनेमा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन राजावादी समूह तथा समर्थकहरूले गरेकाे आन्दाेलन अराजक हुँदा सार्वजनिक, निजी सम्पतिहरू ताेडफाेड, आगजनी तथा लुटपाट गरेकाे सरकारी निष्कर्ष छ । शुक्रवार दुर्गा प्रसाईको नेतृत्वमा गरेको प्रदर्शन अराजक बनेको थियो।
महानगरपालिकाको अधिकारक्षेत्रमा पर्ने सम्पत्ति क्षतिको मूल्यांकन गरी फाेहाेरमैला ऐन अन्तर्गत महानगरले पत्र काटेकाे छ ।
विभिन्न आठ शिर्षकमा क्षतिपूर्ति तिर्ने गरी पत्र काटिएकाे छ ।








महानगरको टोलीले शुक्रबार र शनिबार गरी क्षतिको विवरण संकलन गरेको थियो। शुक्रबार अबेरसम्म पनि प्रदर्शनकारी उग्र भइरहेपछि महानगर प्रहरी बलसहित कर्मचारीको टोली फर्किएको थियो।
त्यसपछि शनिबार बिहानैदेखि महानगरको टोली प्रदर्शनकारीले विभिन्न संरचनामा पुर्याएको क्षतिको विवरण संकलन गर्न पुगेको थियो।